Logo
Logo

ससुरा-बुहारी नै बने सांसद



काठमाडौं । रेशम चौधरीका बुवा र श्रीमती नै सांसद बनेका छन् । रेशमका श्रीमती रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएक छन् ।

त्यस्तै, उनका बुवा लालवीर चौधरी बर्दिया-२ बाट निर्वाचित भएका छन् । लालवीर स्वतन्त्रबाट निर्वाचित भएका हुन् भने रञ्जिता नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका हुन् ।

लालवीरले नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनले २६ हजार पाँच सय २० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सुरेशले २६ हजार तीन सय ८४ मत पाए ।

रेशमको उम्मेदवारी खारेज हुने भएपछि नागरिक उन्मुक्ति पार्टीले मनोनयनकै क्रममा लालवीरलाई स्वतन्त्र उम्मेदवार बनाएको थियो । पछि उनैलाई समर्थन गर्यो ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसमेत रहेका रञ्जिता ३० हजार चार सय चार मतसहित निर्वाचित भएका हुन् । रन्जितासंग नेपाली कांग्रेसका रामजनम चौधरी पराजित भएका हुनु । उनले १८ हजार ८१ मत पाए । यस क्षेत्रबाट २०७४ सालको निर्वाचनमा रन्जिताका श्रीमान रेशम चौधरी निर्वाचित भएका थिए ।

तत्कालीन राजपाका उम्मेदवार चौधरीले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएका थिए । चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका मदन कुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र पाएका थिए ।

तर, प्रहरीको फरार सूचीमा रहेका चौधरीले संसद भने छिर्न पाएनन् । ०७४ सालको निर्वाचनमा विजयीपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । फौजदारी अभियोग लागेका चौधरी काठमाडौंस्थित डिल्ली बजार जेलमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्