Logo
Logo

खेलकुदमन्त्रीलाई पराजित गर्दै एमालेका सूर्य निर्वाचित



नेपालगन्ज । बाँके-१ बाट नेकपा एमालेका सूर्य ढकाल निर्वाचित भएका छन् । उनले युवा तथा खेलकुदमन्त्री नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराजलाई पराजित गरेका हुन् ।

ढकालले २५ हजार २६ मत पाएका छन् भने गहतराजले १९ हजार ६३२ मत पाए । नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४६५ मत प्राप्त गरी तेस्रो स्थानमा प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १०हजार ७१ मत पाए ।

प्रतिक्रिया दिनुहोस्