Logo
Logo

वामदेव गौतम विदेशमा भएकाे बेला उनका सहयोगी पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ भदौ ।

नेता वामदेव गौतमका निकट नेतामध्ये एक डिबी कार्की पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएपनि उनी फरार थिए । पूर्वसभासद कार्कीलाई सिआइबीको टोलीले कलंकीबाट पक्राउ गरेको छ ।


कार्कीलाई सर्वोच्चले ६ महिना कैद र एक लाख विगोको फैसला गरेको थियो । उनी पहिलो संविधानसभामा तत्कालिन एमालेबाट सभासद भएका थिए । प्रहरी निरिक्षक भर्ना गरिदिने भन्दै उनले घुस लिएका थिए । उनलाई घुस दिने व्यक्ति हाल इन्सपेक्टर नै छन् । वामदेव गौतम गृहमन्त्री भएका बेला उनले त्यसरी पैसा असुलेका थिए । सोही आडमा उनले पैसा लिएका थिए। गौतम बुधबार सिंगापुर गएका थिए । यही बेला उनी पक्राउ परेका छन् । वामदेव अध्यक्ष रहेको किसान संघको उनी कार्यालय सचिव थिए । उनलाई कैद भुक्तानका लागि जेल चलानको तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्