Logo
Logo

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुरको ह्याट्रिक



काठमाडौं । डोल्पाबाट नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन् । बुढाले ११ हजार २२५ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीले ५ हजार ४९८ मत पाए ।

राप्रपाका अंगतकुमार बुढाले ६६१ मत पाए । धनबहादुर यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि डोल्पाबाटै विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्