रौतहट । रौतहट क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह निर्वाचित भएका छन् । साहले नेपाली कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका हुन् ।

साहले ३२ हजार ८४२ मत पाएका छन् भने आलमले २८ हजार २४८ मत पाए । साह क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साह प्यानलका हुन् । एमालेले टिकट नदिएपछि साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले जसपा गठबन्धनका उम्मेदवार शैलेन्द्र साहले २ हजार १४२ मत पाए ।














