Logo
Logo

नवलपरासी पश्चिम-१ बाट विनोध चौधरी निर्वाचित


1.6k
Shares

काठमाडौं । नवलपरासी पश्चिम-१ बाट प्रतिनिधिसभा सदस्यमा विनोद चौधरी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धि जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई ७ हजार १८७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाएका छन् ।

चौधरी कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्