Logo
Logo

कास्की-१ मा एमालेका मनबहादुर गुरुङ निर्वाचित



पोखरा । कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित भएका छन् ।

उनले मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिनिधिसभा तर्फको आज शुक्रबार सार्वजनिक मतपरिणाम अनुसार २५ हजार ७०८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार १८१ मत पाएका छन् । गुरूङले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका बराललाई २ हजार ६०९ मतान्तरले पराजित गरेका हुन् ।

त्यस्तै हाम्रो नेपाली पार्टीका उम्मदेवार प्रमोद आचार्यले २१ हजार २९ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु राईले १० हजार १४१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्