काठमाडौं । नेकपा एमालेका नेता शेरधन राईले निर्वाचनको हारलाई लिएर भोजपुरका जनताले आफ्नो योगदानको मूल्याङ्कन नगरेको बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै राईले छोटो समयमा भोजपुरको विकासमा योगदान पुर्याएको भएपनि त्यसको उचित मूल्याङ्कन नभएको उनले बताए । उनले अर्कोपटक न्याय पाउने आशा रहेको पनि बताए ।
उनले भने, ‘मलाई भोजपुरले साझा सम्पतिको रुपमा ग्रहण गरेर जिल्लाको विकास र समृद्धिमा प्रयोग गर्ने छ भन्ने ठानेको थिएँ तर म गलत सावित भए ।’
राईले निर्वाचनको हारलाई आफूले सहर्ष स्वीकार गरेको भन्दै साथ दिने मतदातालाई धन्यवाद दिए । निर्वाचन परिणामका कारण निराश नहुन पनि आग्रह गरे ।
यसपटकको निर्वाचनमा राई माओवादी केन्द्रकाका सुदन किरातीसँग पराजित भएका छन् ।














