काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार ६६०२५ मत गणना हुँदा जसपाका उम्मेदवार अशोककुमार राईले १३ हजार ८०१ मत पाएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई चार मतले पछि पारेका हुन् । तामाङले १३ हजार ७९७ मत पाएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बा १० हजार ७८४ मतसहित तेस्रो स्थानमा छन । स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले ६हजार ८३४ मत पाएका छज् ।














