Logo
Logo

१५७ क्षेत्रको परिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जिते ?


49.8k
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम अझै जारी छ । आइतबार बेलुकी ५ बजेसम्म १६५ क्षेत्रमध्ये १५७ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित हासिल गरेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४२ स्थानमा जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन् । नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन् । बाँकी रहेका क्षेत्रमध्ये दोलखा, स्याङ्जा-२ र बाजुराको मत गणना भने हुन बाँकी छ ।

५ क्षेत्रको मतगणना जारी छ। जसमा नेपाली कांग्रेसले ३ ठाउँमा अग्रता लिएको छ भने एमालेले १ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्