Logo
Logo

आज मधेश प्रदेशमा सार्वजनिक विदा



जनकपुरधाम । मधेश प्रदेश सरकारले रामजानकी विवाह पञ्चमीको अवसरमा आज (सोमबार) सार्वजनिक विदा दिने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आइतबार एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सोमबार प्रदेशभरि सार्वजनिक विदा रहेको घोषणा गरेका छन् ।

त्रेता युगमा भागवान राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिरको शुक्ल पक्षमा जनकपुरधाममा विवाह पञ्चमी मनाइने चलन छ। सप्ताहव्यापी मनाइने उक्त महोत्सवको मुख्य आकर्षण राम र सीताको स्वयमवर सोमवार भएकोले प्रदेश सरकारले सो अवसरमा विदा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्