Logo
Logo

विर्तामोडदेखि कन्यामसम्म टीभीएस अपाचेको रोमाञ्चक एओजी राइड


441
Shares

झापा । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार झापाको बिर्तामोडदेखि इलामको कन्यामसम्म अपाचे ओर्नस गू्रप (एओजी) राइडको आयोजना गरेको छ ।

उक्त राइडमा ३० जना राइडरहरु सहभागी थिए । यात्राको क्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू भएको थियो । पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य कन्यामको अवलोकन गर्ने कार्यक्रम आयोजना गरेकामा राइडरहरुले खुसी व्यक्त गर्दै टीभीएसको प्रशंसा पनि गरेका थिए ।

टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणीलगायत देशका विभिन्न स्थानमा ‘एओजी राइड’ कार्यक्रम आयोजना गरिसकेको छ ।

राइडका एक सहभागी तथा भ्लगर, अनुप श्रेष्ठ भने, ‘टीभीएसले पहिला पटक पूर्वी नेपालमा यस्तो राइडको आयोजना गरेको छ । जगदम्बा मोटर्सलाई पूर्वी नेपालमा बाइकरहरुको समुदाय बनाएर हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छौँ ।’

जगदम्बा मोटर्सले नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एकमात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्