Logo
Logo

विश्वकप फुटबल : सर्बिया र क्यामरुनले अंक बाँडे


504
Shares

काठमाडौं । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बिया बराबरी खेलेका छन् ।

सोमबार भएको खेलमा उत्कृष्ट पुनरागमसहित सर्बियालाई क्यामरुनले ३–३ को बराबरीमा रोकेको हो । योसँगै दुवै टोलीले अन्तिम १६ प्रवेश सम्भावना कायम राखेको छ ।

पहिलो हाफको इन्जुरी समयको दुई मिनेटअन्तरमा दुई गोल गर्दै सर्बियाले खेलमा २–१ को अग्रता लियो । स्ट्रहिन्जा पाभ्लोभिचले र मिलान्कोभिच गोल गरेका थिए ।

खेलको ५३औं मिनेटमा एलेक्सजेन्डर मिट्रोचिले गोल गरेपछि सर्बिया ३–१ ले अघि बढ्यो । यसपछि ६४ औं मिनेटमा क्यारुनका भिसेन्ट अबुबकारले खेललाई ३–२ को स्थितीमा झारे । दुई मिनेटपछि नै इरिक म्याक्सिम चुपो मोन्टिङले क्यारुनलाई खेलमा ३–३ को अवस्थामा ल्याएका थिए ।

समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्ड समान तीन अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । क्यामरुन र सर्बियाको भने समान एक अंंक छ ।

पहिलो खेलमा क्यामरुनले स्विट्जरल्यान्डसँग १–० तथा सर्बियाले ब्राजिलसँग २–० को हार बेहोरेका थिए । क्यामरुनले अन्तिम खेलमा ब्राजिल र सर्बियाले स्विट्जरल्यान्डको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्