Logo
Logo

चार एआईजीका लागि १ दर्जन डिआईजी प्रतिस्पर्धामा



काठमाडौं । निर्वाचन आयोगले नेपाल प्रहरीमा रिक्त प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा गर्न अनुमति दिएको छ । आयोगले प्रहरीमा रिक्त रहेको ४ वटा एआईजी पदमा बढुवा गर्न गृह मन्त्रालयलाई अनुमति दिएको हो ।

मंसिर १९ सम्म निर्वाचन आचारसंहिताका कारण आयोगको अनुमति बिना सरुवा र बढुवा गर्न मिल्दैन । तर, आयोगले आवश्यकता अनुसार प्रहरी अधिकृतहरुको सरुवा र बढुवा गर्न मन्त्रालयलाई अनुमति दिएको स्रोतले बतायो ।

२०७९ साउन २० मा विश्वराज पोखरेल, भदौ २३ मा मुकुन्दराज आचार्य, कार्तिक १४ मा अरुण बि.सी र कार्तिक २४ मा रबिन्द्र बहादुर धानुकले अवकाश पाएपछि ४ एआईजीको दरबन्दी खाली छ । रिक्त ४ वटा एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डिआईजी प्रतिस्पर्धामा छन् ।

मधेस प्रदेशका डिआईजी मसाउद अलम खाँ, लुम्बिनी प्रदेशका नल प्रसाद उपाध्याय र सुदुरपश्चिम प्रदेशका मोहन कुमार आचार्य मेरिट लिस्टमा अगाडि छन् । उनीहरु अहिलेका आईजीपी धिरज प्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट हुन् ।
२०७९ असारमा प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह र दिपक थापा प्रतिस्पर्धामा अगाडि छन् । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआईजी किरण बज्रचार्य, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत मिरा चौधरी सहित सन्दिप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआईजीका प्रतिस्पर्धी हुन्

प्रतिक्रिया दिनुहोस्