Logo
Logo

कपिलवस्तुमा ३७ हजार ७३६ मत बदर



काठमाडौं । मतदाता शिक्षाको पहुँच नपुग्दा कपिलवस्तुमा ३७ हजार ७३६ मत बदर भएका छन् । आमनिर्वाचनअन्तर्गत जारी प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणनाको क्रममा सो संख्यामा मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ १३ हजार ४५६ मत र प्रदेशसभातर्फ ११ हजार १४३ मत बदर भएको कार्यालयले बताएको हो । प्रतिनिधिसभातर्फ ३ वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा ६ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नम्बर ३ मा सबैभन्दा धेरै मत बदर भएका छन् ।

उक्त क्षेत्रमा प्रतिनिधिसभातर्फ ५ दशमलव ३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेशसभा अन्तर्गत १ प्रदेश सभा १ मा १ दशमलव ३२ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ८१ प्रतिशत मत बदर भएको कार्यालयले उल्लेख गरेको छ । जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएकाले मत बदर भएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्