Logo
Logo
मतगणना अपडेट

बाजुरा, दोलखा र स्याङ्जामा मतगणना जारी, दुई स्थानमा कांग्रेस अगाडि


6.9k
Shares

काठमाडौं । आम निर्वाचन–२०७९ को अब मतपरिणाम आउन तीन क्षेत्रको मात्र बाँकी । यही मंसिर मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रममा अब दोलखा, बाजुरा र स्याङजा २ को मतपरिणाम आउने बाँकी रहेको हो, जहाँ अहिले मतगणना जारी छ ।

अन्य क्षेत्रको शुक्रबार बिहान १० बजेसम्म १६५ क्षेत्रमध्ये १६२ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमा नेपाली कांग्रेसले ५५ स्थानमा जित हासिल गरेको छ भने नेकपा एमालेले ४४ स्थानमा जित हासिल गरेको छ।

यस्तै, माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७–७ स्थानमा जित हासिल गरेको छ भने लोसपाले ४ स्थान र नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित हासिल गरेको छ ।

यस्तै, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ सिटमा जित हासिल गरेका छन् भने अन्य स्वतन्त्र ५ सिटमा विजयी भएका छन् ।

मंसिर ४ गते विवादका कारण मतगणना र मतदान रोकिएको क्षेत्रमा बिहीबारदेखि मतणना जारी छ । जहाँ तीन स्थानमध्ये कांग्रेसले २ क्षेत्रमा अग्रता लिएको छ भने माओवादीले १ क्षेत्रमा अग्रता लिएको छ ।

स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरूङ १२ हजार ९५१ मतसहित अगाडि छन् भने एमालेका पद्मा अर्यालले १० हजार ६२७ मतले पछ्याइरहेका छन् । यहाँ राप्रपाका टिकराज गुरुङले अहिलेसम्म ५६७६ मत पाएका छन् ।

यस्तै, पुनः मतदान गरिएको दोलखामा माओवादीका गंगा कार्कीले अग्रता लिएका छन् । कार्कीले ३६१८ मत पाउँदा एमालेका बालकृष्ण शिवाकोटीले अहिलेसम्म १८०० मत पाएका छन् । यस्तै, रास्वपाका जगदिश खरेलले १३५ मत पाएका छन् ।

यस्तै, बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले ५ हजार ४९१, एमालेका कर्णबहादुर थापाले ४१२९ र राप्रपाका जंगकुमार गिरिले २२ मत पाएका छन् । यहाँ शुक्रबार केही समय मतगणना रोकिएर पुनः सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्