Logo
Logo

विश्वकपबाट बाहिरिएपछि घानाका मुख्य प्रशिक्षकद्वारा राजीनामा



काठमाडौं । घानाको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ओट्टो अड्डोले राजीनामा दिएका छन् ।

कतारमा जारी फिफा विश्वकपको समूह चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक ओट्टोले राजीनामा दिएका हुन् ।

विश्वकपमा घानाले ३ खेलमा मात्र १ जित निकालेको थियो । समूह ‘एच’ मा रहेको घाना पुछारमा रहदै समूह चरणबाट बाहिरिएको थियो ।

समूह चरणको अन्तिम खेलमा शुक्रबार घानालाई उरुग्वेले हराएको थियो । ४७ वर्षीय प्रशिक्षक २०२२ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्