Logo
Logo

दोलखाको सङ्घ र प्रदेश दुवैमा सत्ता गठबन्धनको अग्रता



काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ ।

हालसम्म १६ हजार एक सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले ७ हजार ७०९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ६ हजार ७ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

दोलखाको प्रदेशसभा (१) मा १३ हजार पाँच सय सात मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले ६ हजार ४७४ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ५ हजार ३१९ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (२) मा १७ हजार ४३१ मतगणना हुँदा एमालेका भरत केसीले ७ हजार ९०७ मत र कांग्रेसका बर्मा लामाले ७ हजार ३७३ मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार नौ सय ७८ मत खसेको थियो ।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्