Logo
Logo

‘ओली रहेसम्म एमालेसँग मिल्ने सम्भावना छैन’



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मात्रिका यादवले केपी ओलीको नेतृत्व रहेसम्म एमालेसँग एकता नहुने बताएका छन् । शनिबार चुनावको समीक्षाका लागि बोलाइएको पदाधिकारी बैठकअघि तथा पूर्वमन्त्रीसमेत रहेका यादवले अहिलेको अवस्थामा गठबन्धनबाटै प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना रहेको दावी गरे ।

‘अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभयो भने देशको कल्याण हुन्छ, उहाँसँग त्यो क्षमता छ । अहिले त्यो परिस्थिति बन्दैछ’ उनले भने, ‘र, गठबन्धनबाटै हुने भएकाले अरू कसैको काँधमा चढ्नु पर्दैन । जहाँसम्म एमालेले अफर गरेको कुरा छ, त्यो अवसरवादी अफर हो ।’ उनले ओलीको नेतृत्व रहेसम्म एमालेसँग जानु राम्रो नहुने बताए ।

नेता यादवले गठबन्धन र कांग्रेस फकाउँदा फकाउँदै चुनाव सकिएर आफू हारेको भन्दै मधेसमा माओवादी पार्टी नै नरहेको पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस्