Logo
Logo

सीके राउत भन्छन्- गर या मरको स्थितिमा काम गर्नुपर्नेछ



काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले जनतासंग गरिएका प्रतिवद्धताहरु इमान्दारीताका साथ पुरा गर्ने बताएका छन् ।

जनमत पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा राउतले जनताको साथका कारण नै आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको भन्दै जनतासंग गरिएका प्रतिवद्धता इमान्दारीताका साथ पुुरा गर्ने बताएका हुन् ।

सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले ‘डू एण्ड डाई’को मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको पनि धारणा राखे । उनले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै निराश हुन नदिने प्रतिवद्धता जनाए ।

निर्वाचनमा जित्दा पाएको साथ र समर्थन काम गर्दा अझै बढि आवश्यक पर्ने उनले बताए । उनले पुराना दललाई छाडेर नयाँ दललाई विश्वास गरेर सप्तरीका जनताले बहुआयामिक सन्देश दिएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्