काठमाडौं । स्याङजा–२ मा नेपाली कंग्रेसका उम्मेदवार धनराज गुरुङ पराकिलो मतान्तरसहित अग्रता लिएका छन् ।
सत्ता गठबन्धनका साझ उम्मेदवार रहेका गुरुङले २८ हजार ४२६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार पद्माकुमारी आचार्यले २२ हजार ६५४ मत पाएका छन् । गुरुङ र आचार्यबीचको मतान्तर ५ हजार ७७२ रहेको छ । यस्तै, यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ६९६ मत पाएका छन् ।
