Logo
Logo

अख्तियारको फन्दामा ट्राफिकका असई


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ भदौ ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्याम बहादुर माझी घुससहित पक्राउ परेका छन् ।

काठमाडौंबाट सिन्धुली हुँदै बाहिरिने सवारी साधनलाई सात बजे भन्दा पछि केही समय ढिला भएमा सिन्धुलीतर्फ जान दिने भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले उनलाई शनिबार घुससहित उनको कार्यालयबाटै पक्राउ गरेको हो ।
सात बजेपछि चल्नका लागि भनेर ट्राफिक प्रहरीले खुलेआम घुस लिने गरेको उजुरीपछि अख्तियारले स्टिङ अप्रेसन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्