Logo
Logo

सरकार गठनबारे सबै विकल्प खुला : माओवादी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकार गठनको विषयमा सबै विकल्पमा खुला रहने निर्णय गरेको छ । प्रवक्ता कृष्णबहादुर महराका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको हो ।

सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय भएको प्रवक्ता महराले बताए । ‘अहिलेको गठबन्धन नतोड्ने तर सरकार निर्माणमा अन्य दलसँग पनि छलफल गर्ने विकल्पमा खुला रहने निर्णय छ’, उनले भने ।

अपेक्षा अनुसार सिट नआएको विषयमा छलफल प्रवेश भएको प्रवक्ता महराले बताए । सरकार निर्माणका सन्दर्भमा गठबन्धनकै नेतृत्वलाई प्राथमिकता दिँदै अन्य दलसँग पनि छलफल गर्ने निष्कर्ष रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्