Logo
Logo

बाजुरा प्रदेशसभा १ मा एकीकृत समाजवादीका नरेश शाही विजयी



बाजुरा । बाजुराको प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेशकुमार शाही विजयी भएका छन् ।
शाहीले १० हजार ९ सय ७३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मीले ८ हजार ६ सय ३२ मत पाए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विकले एक हजार ९८ मत प्राप्त गरे । उक्त क्षेत्र सत्तारुढ गठबन्धनअन्तर्गत माओवादी केन्द्रको भागमा परेकाले कर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको थियो ।

तर, एकीकृत समाजवादीले पनि बाजुराको यो क्षेत्र नछाड्ने भन्दै युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका शाहीलाई उम्मेदवार बनाएपछि दुुबै दलका उम्मेदवार मित्रवत प्रतिस्पर्धामा गएका थिए । तर, कांग्रेसले एकीकृत समाजवादीका उम्मेदवार शाहीलाई समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्