काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कांग्रेस उपसभापति खड्काले शनिबार अध्यक्ष नेपाललाई निवासमै गएर भेटेका हुन् ।
भेटमा निर्वाचनको समीक्षाका साथै वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको थियो । खड्काको सचिवालयले जनाएअनुसार सत्ता गठबन्धनमा अरु दललाई पनि सहभागी गराएर नयाँ सरकार गठन गर्नेबारे पनि छलफल भएको थियो ।