Logo
Logo

स्याङ्जा-२ : कांग्रेसका धनराजको जित सुनिश्चत



स्याङ्जा । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गुरुङ एमाले उम्मेदवार पद्मा अर्यालभन्दा ५ हजार ७६६ मतान्तरले अगाडि छन् ।
कुल खसेको ७० हजार १९१ मतमध्ये ६८ हजार ५०८ मत गणना हुँदा धनराजले गुरुङले ३० हजार ९६९ मत पाएका छन् भने पद्माले २५ हजार २०३ मत पाएकी छन् । मत गन्न १६८३ बाँकी छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १८ मत पाएका छन् । प्रदेशसभा २ मा पनि कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन् । कांग्रेसका महेश भट्टराईले १८ हजार ३७८ मत पाएका छन् भने एमालेका वुद्धिमान श्रेष्ठले १६ हजार २४३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्