Logo
Logo

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज



भक्तपुर । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

नेता बाँस्कोटाको घरको कम्पाउनमा आइतबार बिहान शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।

काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद बास्कोटा हाल काभ्रेमै रहेको उनको सविालयले जनाएको छ । नेता बाँस्कोटाको लोकन्थली भक्तपुरस्थित रहेको उक्त घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट हुँदा घरमा क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्