Logo
Logo

धनराजको जितपछि पद्माले भनिन्- ‘बुथ कब्जा गरेर जित्नुभयो बधाई’



काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा –२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनराज गुरुङलाई बधाई दिएकी छन् । उनले प्रतिस्पर्धी गुरुङ निर्वाचित भएपछि केही ठाउँका बुथ कब्जा गरेर जित्न सफल भएको भन्दै सामाजिक सञ्जालमार्फत तीब्र आलोचनासहितको बधाई दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘आगामी दिन लोकतन्त्रको मूल्य मान्यता तपाईंबाट अपहरित नहोस् । युवाहरूको जोश जाँगरलाई उत्पादनशील एवं सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग र्पुयाउन सक्नुहोस्स् । न कि निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनीहरुलाई दुरुप्रयोग गरि प्रतिस्पर्धीमाथि हमला गर्न लगाउँदै, आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न ।’

लोकतन्त्रमा जनताको मतलाई सम्मान गर्ने भन्दै बुथ कब्जा गरि मृत्यु भएको र विदेशीएका मानिसको मत खसेको यथेष्ट प्रमाण हुँदा हुँदै आफ्नो मागलाई वेवास्ता गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्