Logo
Logo
मतगणना अपडेट

मतगणना अन्तिम चरणमा, संघ र प्रदेश दुवैमा कांग्रेस पहिलो

समानुपातिकतर्फ एमाले अगाडि



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । १६५ प्रतिनिधिसभा सदस्यमध्ये १६४ को नतिजा आइसकेको छ भने दोलखाको मतगणना अन्तिम चरममा पुगेको छ ।

यस्तै, समान्ुपातिक र प्रदेशसभा सदस्यको मतगणना पनि अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । हालसम्म प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले ५७ सीटमा जित हासिल गर्दै पहिलो स्थानमा रहेको छ भने एमालेले ४४ र नेकपा माओवादी केन्द्रले १७ सीटमा विजयी हासिल गरेको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादीले १०, जसपा ७, रास्वपा ७, राप्रपा ७, स्वतन्त्र ५, लोसपा ४ र नागरिक उन्मुक्ति पार्टीले ३ सीटमा जित हासिल गरेको छ ।

यस्तै, समानुमापतितर्फ एमाले पहिलो स्थानमा रहेको छ । एमालेले अहिलेसम्म २७ लख ८८ हजार ३५६ मत पाउँदा नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएर दोस्रो स्थानमा छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले ११, लाख ६२ हजार १२४ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ मत पाएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६३८, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ र जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत पाएर राष्ट्रिय दल बन्ने निश्चित बनेको छ । नेकपा एकीकृत समाजवादीले भने थ्रेस होल्ड कटाउन सकेको छैन ।

मतगणना अन्तिम चरणमा पुग्दा एकीकृत समाजवादीले २ लाख ९४ हजार ३६२ मत पाएको छ । निर्वाचनका आयोगका अनुसार थ्रेस होल्ड कटाउन कम्तिमा तीन लाख १५ हजार बढी मत ल्याउनुपर्छ । तर, अब एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउने सम्भावना न्युन बनेको छ ।

यस्तै, प्रदेशसभाको पनि मतगणना अन्तिम चरणमा पुगेको छ । प्रदेशसभातर्फ पनि नेपाली कांग्रेस अ्रग्रस्थानमा रहेको छ । अहिलेसम्म प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ ३३० मध्ये ३२८ स्थानको परिणाम आइसकेको छ । जसमा कांग्रेसले ११० प्रदेशभास जितेको छ भने एक स्थानमा अग्रता लिएको छ ।

यस्तै, एमालेले ९० प्रदेशसभा सदस्यमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता लिएको छ । यस्तै, माओवादीले ५३, एकीकृत समाजवादीले १५, स्वतन्त्र १२, जसपा १०, राप्रपा ११, लोसपा ९, जनमत ७। नागरिक उन्मुक्तिले ५ प्रदेशसभा सदस्य जितेको छ ।

प्रतिक्रिया दिनुहोस्