Logo
Logo

माओवादीको निष्कर्ष- म्याग्दीमा गठबन्धन प्रदेशकै उत्कृष्ट



काठमाडौं । नेकपा माओवादी केन्द्र म्याग्दीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धनको भूमिका प्रदेशकै उत्कृष्ट भएको बताएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनसँग तालमेल गरेर म्याग्दीका दुई वटै प्रदेशसभा सदस्य जितेको माओवादीको शनिबार सम्पन्न समीक्षा बैठकले प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा गठबन्धन प्रभावकारी, इमान्दार र उत्कृष्ट भएको निष्कर्ष निकालेको हो ।

साथै उसले भावी योजनाका विषयमा समेत गठबन्धनका अन्य राजनीतिक पार्टीहरूसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ । निर्वाचित सांसदहरूलाई तल्लो तहका नागरिकको आवश्यकता, समस्या सम्बोधन गर्ने जनमैत्री कानुन र विकास निर्माणमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नेताहरूले सुझाव दिएका छन्।

म्याग्दीमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी प्रदेश सभा म्याग्दी क्षेत्र (१) र रेशम बहादुर जुग्जाली (सुविन) क्षेत्र (२) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रतिनिधिसभामा भने नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्