Logo
Logo

बिहेको सिजनमा सुनको भाउ एक लाख नजिक



काठमाडौं । बिबाहको महिनाको रुपमा लिइने मंसिरमा सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । शुक्रबार तोलाको ९९ हजार १०० मा कारोबार भएको सुन आज ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन तेजाबी सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्