Logo
Logo

दोलखामा रोचक प्रतिस्पर्धा, फेरि पछि परे माओवादीका कार्की



काठमाडौं । दोलखाको जारी मतगणनामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ । यहाँ माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की फेरि पछि परेका छन् ।

अहिलेसम्म यहाँ ७८ हजार ३ सय ४६ मत गणना भएको छ। एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३३ हजार ९ सय ३९ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ९ सय ९ मत प्राप्त गरेका छन्।

सुरुदेखि नै रोचक बन्दै गइरहेको यहाँको प्रतिस्पर्धामा पछिल्लो मतपरिणाममा झनै रोचक बन्दै गएको छ। अहिले कार्कीभन्दा शिवाकोटी ३० मतले अघि रहेको निर्वाच्न अधिकृतको कार्यालयले जनाएको छ।

यहाँ सुरुदेखि नै यी दुई उम्मेदवारबीच उछिनापछिन भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ३ हजार २ सय ४८ मत बदर भएको छ।

प्रतिक्रिया दिनुहोस्