Logo
Logo

दोलखामा रोचक प्रतिस्पर्धा, फेरि पछि परे एमालेका शिवाकोटी



काठमाडौं । दोलखाको जारी मतगणनामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ । यहाँ एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी ११ सय ९५ मतले फेरि पछि परेका छन् ।

अहिलेसम्म ८१ हजार ९८ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३५ हजार ७ सय ९० मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार शिवाकोटीले ३४ हजार ५ सय ९५ मत प्राप्त गरेका छन् । यहाँ अहिलेसम्म ३ हजार ३ सय १३ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्