
काठमाडौं । दोलखाको प्रदेशसभा ‘क’ बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दराज काफ्ले निर्वाचित भएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका काफ्ले निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मतान्तरले पछि पार्दै विजयी भएका हन् ।
काफ्लेले २३ हजार २३१ मत पाएका भने एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।











