Logo
Logo

‘मिस इकलेज २०२३’ को लागि आवेदन खुला



काठमाडौं । सिजन मिडियाले ‘मिस ईकलेज २०२३’ को ११औं संस्करणको लागि आवेदन खुला गरेको छ ।

विगत १४ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले ‘मिस ईकलेज २०२३’ को ११औं संस्करणको लागि आवेदन फारम खुल्ला गरेको हो ।

उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २५ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि ‘मिस ईकलेज २०२३’ को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन् । उक्त प्रतियोगितामा विभिन्न कलेजहरुवाट २१ जना प्रतियोगीहरुलाई सहभागी गराइने छ ।

यस कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई विभिन्न विषयमा अध्ययन गर्न चाहेमा नेपाल एयर होस्टेज एकेडेमीमा ७ हजार बरावरको छुट, त्यसै गरी फेशन डिजाइन कोर्षमा ७ हजार बरावरको छुट, मेकअप तालिम लिन परेमा ५ हजार वरावरको रकम छुटको व्यवस्था पनि गरिएको छ ।

यता उच्च शिक्षामा पनि विभिन्न छात्रावृत्तिहरु प्रदान गरिने आयोजकले जनाएको छ । यस प्रतियोगितामा सहभागीताको लागि पुष पहिलो सातासम्म आवेदन फारम भर्न सकिने छ । उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा भने माघको पहिलो साता काठमाडौंमा हुनेछ ।

प्रतियोगिताका विजेताहरुले ‘मिस ईकलेज २०२३’ कोे ताज उपाधिसहित स्नातक तहमा २ लाख बराबरको छात्रावृत्ति लगायत विभिन्न पुरस्कारहरु प्रदान गरिने आयोजकले जनाएको छ ।

अन्य विजेताहरुलाई मोडलिङ ,म्यूजिक भिडियो, फिल्म तथा विभिन्न व्राण्डको व्राण्ड एम्वासडरको भूमिकामा सहभागी गराइने छ भने साथै अन्य विभिन्न अवसरहरु प्रदान गरिनेछ । यस बाहेक अन्य विभिन्न १० विधामा पनि विजेता छनौट गरिने आयोजक सिजन मिडियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्