काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । निर्वाचनको समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न गठबन्धनका नेता प्रधानमन्त्री बालुवाटारमा जुटेका हुन् ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए । गठबन्धनकै सरकार बनाउने घोषणा सहित दलहरु निर्वाचनमा होमिएका थिए ।
गठबन्धन बाहिर रहेका दललाई पनि गठबन्धनमा सहभागी गराउन देउवा लगायतका नेताहरुले पहल गरिरहेका छन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत गठबन्धनमा सहभागी हुनेबारे सकारात्मक रहेको कांग्रेस नेताहरुले बताएका छन् ।











