Logo
Logo

दीपक मनाङे एकीकृत समाजवादी प्रवेश



काठमाडौं । गण्डकीका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् ।

मनाङको प्रदेशसभा २ बाट निर्विरोध निर्वाचित भएका दीपक मनाङे आज एकीकृत समाजवादी प्रवेश गरेका हुन् । उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।

एक विज्ञाप्ति जारी गर्दै मनाङेले आफू एकीकृत समाजवादी प्रवेश गरको जानकारी दिएका छन् । मनाङेले समाजवादी प्रवेश गर्दैै आफू गठबन्धकै पक्षमा रहेको पनि प्रष्ट पारेका छन् । उनले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र वपिचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताएका छन्।

‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु’ मनाङेले सोमबार जारी विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्