Logo
Logo

समानुपातिकमा एमाले १ लाख २६ हजार ४३७ मतले अगाडि, अरुको कति ?



काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

मंगलबार बिहानसम्म एक करोड ४ लाख ७८ हजार ७ सय ३५ सदर मत गनिसक्दा एमालेले सबैभन्दा धेरै २८ लाख १४ हजार ६ सय ५५ समानुपातिक मत ल्याएको छ ।

कांग्रेसभन्दा एमाले १ लाख २६ हजार ४ सय ३७ मतले अगाडि छ । समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको कांग्रेसले अहिलेसम्म २६ लाख ८८ हजार २ सय १८ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।

यस्तै मत गणनाको सुरुवातमा कतिपल्ट नेकपा माओवादी भन्दा अगाडि भएको राष्ट्रिय स्वतन्त्र पार्टी अन्तिम चरणमा ऊभन्दा पछाडि परेको छ ।

यो खबर लेख्दासम्म नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १ सय २ मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७ सय ७८ मत पाएको छ । अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा माओवादी केन्द्र ३९ हजार ३ सय २४ मतले अघि छ ।

यसैगरी समानुपातिक मतका हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी पनि आपसमा नजिक छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८ सय १६ मत ल्याएको छ भने जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ५४ मत पाएको छ।

प्रतिक्रिया दिनुहोस्