Logo
Logo

समानुपातिकमा एमालेसँग तालमेल गरेको राप्रपा नेपालको मत १२ हजार २७४



काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सबैभन्दा धेरै मत पाएको छ ।

त्यसपछि क्रमशः नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी छन् । यी ७ पार्टीको राष्ट्रिय मान्यता प्राप्त दल बन्न आवश्यक मत संख्या पुगेको छ । अरू पार्टी राष्ट्रिय दल नबन्ने देखिन्छ ।

अहिलेसम्मको अवस्थामा राष्ट्रिय दल नबन्नेमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लगायत छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), लौरो अभियानको हाम्रो नेपाली पार्टी, राष्ट्रिय जनमोर्चा, कमल थापा नेतृत्वको राप्रपा नेपाल पनि राष्ट्रिय दल बन्दैनन् । यीमध्ये नेमकिपाले ७५ हजार ७९ मत पाएको छ । हाम्रो नेपाली पार्टीले ५५ हजार ६३२ मत ल्याएको छ ।

सत्ता गठबन्धनमा आबद्ध चित्रबहादुर केसी नेतृत्वको दल जनमोर्चाले ४६ हजार ४०४ प्राप्त गरेको छ । केही ठाउँमा एमालेसँग चुनावी तालमेल गरेको राप्रपा नेपालले जम्मा १२ हजार २७४ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्