Logo
Logo

समानुपातिकतर्फको मतगणना सकियो, कुन दलले कति पाए ?



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुर्य प्रसाद अर्यालले समानुपातिकतर्फको पनि मतगणना सकिएको जानकारी दिए । उनले दृष्टि न्युजसँग भने- ‘मत गणना सम्पन्न भएको छ । अहिले कुन दलको कति मत पाए भन्ने छुट्याउने काम भइरहको छ । आयोगको वेबसाइटमा राखिएको मत नै फाइनल मत हो ।’

आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ । उसले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ ।

जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । जनमत पार्टीले तीन लाख ९४ हजार ६५५ मत पाएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ । बाँकी दलले एकलाख भन्दा कम मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्