Logo
Logo

महाकाली घटना : नेपालले भारतलाई पठायो कूटनीतिक नोट



काठमाडौं । परराष्ट्र मन्त्रालयले आज भारतलाई कूटनीतिक नोट पठाएको छ । दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो ।

दार्चुलाको सदरमुकाम खलंगापारि भारतले महाकालीमा तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो ।

उक्त घटनाबारे गृहमन्त्रालयले रिपोर्ट परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ । दुई पक्षको वार्तापछि तत्काल विवादित क्षेत्रमा तटबन्ध नबनाउने सहमति स्थानीय अधिकारीहरूबीच भएको छ ।

प्रतिक्रिया दिनुहोस्