Logo
Logo

यी हुन् विश्वकपको क्वाटरफाइनलमा पुग्ने ८ टोली


5.9k
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ मा आठ टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको अन्तिम प्रि–क्वाटरफाइनल खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

जारी विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् ।

अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्