Logo
Logo

रुसी आक्रमणपछि युक्रेनका आधा क्षेत्र अन्धकारमय



एजेन्सी । रुसी आक्रमणपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाउन आपतकालीन बन्द गरेकाे छ ।

किभका धेरै क्षेत्रमा विद्युत प्रभावित भएपछि पावर ग्रिडलाई आपतकालिन बन्द गरिएको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन् ।

स्थानीय अधिकारीहरूले आगामी दिनमा किभको लगभग आधा क्षेत्र बिजुलीविहीन रहने चेतावनी दिएका छन् । सोमबार भएको रुसी हमलामा चार जनाको मृत्यु भएको थियो ।

रातारात थप मिसाइलहरू दक्षिणी शहर जापोरिझिया नजिकैको महत्वपूर्ण पूर्वाधारमा प्रहार भएको अधिकारीहरूले बताएका छन् ।

मंगलबारको एउटा छुट्टै घटनाक्रममा रुसको कुस्र्क क्षेत्रका गभर्नरले एयरफिल्डमा भएको ड्रोन हमलामा तेल भण्डारण ट्यांकीमा आगो लागेको बताए ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा साइटबाट भीषण आगो र बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्