Logo
Logo

विश्वकपमा कसले जित्ला गोल्डेन बुट ?



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आजदेखी क्वाटरफाइनल खेल हुँदै छ । क्वाटरफाइनल अन्तगर्त आज साँझ पौने ९ बजे हुने खेलमा ब्राजिल र क्रोएसिया भिड्दै छन्।

विश्वकपकाे क्वाटरफाइनल सम्म आइपुग्दा सबैभन्दा धेरै गोल गर्नेमा फ्रान्सका स्ट्राइकर किलियान एमबापे रहेका छन् । उनी ५ गोलसहित कतार विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमध्ये अग्रपङ्क्तिमा छन्।

विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई फिफाले गोल्डेन बुट जित्ने अवसर दिएको छ । एमबापेसंगै गोल्डेन बुटको दावेदारका लागि धेरै गोल गर्नेमा सात खेलाडी पछिपछि छन्।

आर्जेन्टिनाका लियोनल मेस्सी, इङ्ग्ल्या्नाल्याण्डका बुकायो साका र मार्कस रास्फर्ड, पोर्चुगलका ह्याट्रिक हिरो गोन्सालो रामोस, फ्रान्सका सदाबहार सर्वाधिक गोलकर्ता ओलिभर जिरू, ब्रजिलका रिचार्लिसन र नेदरल्यान्ड्सका कोडी गाक्पो सबैले तीन/तीन गोल गरेका छन्।

क्वाटरफाइनलसँगै अझै ८ खेल बाँकी रहेकाले गोल्डेन बुटको दाबेदार को भन्न सक्ने अवस्था भने छैन । बाँकी आठ खेलमा माथि नाम उल्लेख नभएका इङ्ग्ल्यान्डका ह्यारी केन, ब्रजिलका चामत्कारिक खेलाडी नेइमार र पोर्चुगलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले धेरै गोल गरेर गोल्डन बुट जित्न सक्ने अवस्था छ ।

यद्यपी अहिलेसम्म उनीहरूले एक/एक गोल मात्र गरेका छन्। केन सन् २०१८ का गोल्डन बुट विजेता हुन्। अथवा अहिलेसम्म दुई/दुई गोल गरेका ब्रुनो फर्नान्डेज, राफाइल लियो, जुलियन अल्भरेस र आन्द्रेज करामरिचले पो सबैलाई अछिन्दै गोल्डेन बुट लाने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्