Logo
Logo

चितवनमा विप्लवका छोराको आतंक


- दृष्टि न्युज/संवाददाता


चितवन, २५ भदौ ।

प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दको आतंकका कारण चितवनमा बिरामीहरु समेत समस्यामा परेका छन् । बुधबार बिहान चितवन मेडिकल कलेजको इमर्जेन्सी कक्ष बन्द गराउन खोज्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।


अस्पतालभित्रै प्रवेश गरी सेवा अबरोध गर्न र तोडफोड गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । चन्द चिकित्सा शिक्षा संघर्ष समितिको नाममा पछिल्लो समय बिभिन्न माग राखी आन्दोलन गर्दै आएका थिए। जसबाट अस्पतालको सेवामै असर परेको छ ।
तर आँफै अध्ययन गरेको कलेजमा मात्र आन्दोलन सीमित राखेर अस्पतालको ओपिडी कक्ष नै बन्द गराइ तोडफोडमा उत्रिन खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।चन्दले आन्दोलनको बहानामा भित्रभित्रै असुली धन्दा चलउन लागेको र कलेजका सन्चालकलाई नै भौतिक आक्रमण गर्ने धम्की दिएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरी अधिकारीले वताएका छन्।

चन्दले कलेज व्यवस्थापनलाई धम्काएर १० लाख मात्र बुझाई एमबीबीएसको पढाई सकेका थिए ।

कलेज प्रशासनले भने आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा अन्य सञ्चालकहरु माथि निम्नस्तरको गाली गलौज र धम्की दिने गरेको भन्दै आपत्ति जनाएको छ । कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बुधबार विज्ञप्ती जारी आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमा हुल हुज्जत गर्ने, सेवा प्रवाहमा बाधा व्यवधान खडा गर्ने जस्ता गैरकानुनी कामहरु रोकिनुपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तीमा सरकार र त्रिभुवन विश्वविद्यालयले बनाएका नीति निर्देशन र शुल्कलाई कलेजले पूर्णपालना गर्ने प्रतिवद्धता जनाइएको छ । कलेजसँग सम्बन्धित मागमा वार्ता र सम्वादबाट समस्याको समाधान निकाल्न तयार भएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्