Logo
Logo

समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने आयोगको तयारी


945
Shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदको सूची आज (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राजनीतिक दलले बुझाएको सूची अनुसार नाम सार्वजनिक गर्न लागेको हो।

समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई समावेशी समूहबमोजिम सच्याउने समय आज साँझ ४ बजेसम्मको छ । त्यसपछि प्रक्रिया पूरा गरेर नाम सार्वजनिक गर्न लागिएको हो।

नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए। सोमबार सार्वजनिक गर्ने तयारी रहेको र नभ्याइएमा भने मङ्गलवार निर्वाचित भएको घोषणा गरिने प्रवक्ता वाग्ले बताए।

प्रतिक्रिया दिनुहोस्