Logo
Logo

लोसपाको लुम्बिनी संयोजकमा सन्तोषकुमार पाण्डेय


441
Shares

रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को लुम्बिनी प्रदेश कार्यकारिणी समितिको संयोजकमा सन्तोषकुमार पाण्डेय चयन भएका छन् ।

लोसपा अन्तरिम विधान २०७८ अनुसार रुपन्देहीका पाण्डेयको संयोजकत्वमा २३ सदस्यीय लुम्बिनी प्रदेश कार्यकारिणी समिति गठन गरिएको पार्टीले जनाएको छ ।

पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ को १ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुन् ।

समितिको सदस्यमा मोहम्मद ईस्लाम रुपन्देही, नसिम अख्तर खान रुपन्देही, सन्दीप त्रिपाठी रुपन्देही, महेन्द्र गुप्ता रुपन्देही, राम गणेश पाल रुपन्देही, कन्हैया बनिया रुपन्देही, नगेन्द्र अग्रहरी पश्चिमनवलपरासी, हिरालाल यादव कपिलपस्तु, लक्ष्मी देवी भुर्जी बर्दिया, शिव भक्त ठाकुर कपिलवस्तु र जगदीश गुप्ता पश्चिमनवलपरासी रहेका छन् ।

यस्तै, सुरेश वर्मा बाँके, निर्मला ओली दाङ, नितु शर्मा रुपन्देही, दुर्गा गुप्ता रुपन्देही, राम गोपाल यादव बर्दिया, उमा कुमारी माली सैनी रुपन्देही, नर्बदा मार्या रुपन्देही, पारुल बेरिवल रुपन्देही र ओमप्रकाश चौधरी रुपन्देही सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्