Logo
Logo

हर्क साम्पाङलाई अभिव्यक्ति सच्याउन दलहरुको सुझाव


2.3k
Shares

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङविरुद्ध मुख्य राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् । मेयर साम्पाङले कार्यपालिका सदस्यहरूलाई राजीनामा दिएर जानु भनेपछि उक्त अभिव्यक्ति सच्याउन राजनीतिक दलले माग गरेका हुन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको नगर नेतृत्वले संयुक्त विज्ञप्ति जारी गर्दै कार्यपालिका सदस्यलाई धम्क्याउने हिसाबले राजीनामा दिनू भन्ने शब्द फिर्ता लिन भनेका छन् ।

दलहरुले मेयर साम्पाङ्गले आफूलाई प्राप्त मतलाई बहुमत भन्दै दम्भ राखी जननिर्वाचित प्रतिनिधिहरूको राजीनामा माग्नु कुन नैतिकता हो ? प्रश्न गरेका छन् । उनीहरुले समस्या समाधान गर्न छाडेर आफैँ प्रतिवादमा उत्रने मेयर साङपाङको कार्यशैलीले धरानबासीको विकास र समृद्धिको चाहानालाई कुठाराघात गरेको समेत ठहर गरेका छन् ।

गत १३ असोजमा धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डामाथि सदस्य अनुप देवानलाई आफ्नो राय राख्न नदिई मेयर साम्पाङ्गले बैठक छाडेर बाहिर जानु भनेका थिए । त्यसपछि धरानको कार्यपालिका बैठक बस्ने सकेको छैन । कार्यपालिका बैठक बोलाउन माग गर्दा उल्टै साम्पाङले आफूले भनेको नमाने राजीनामा दिएर जानु भन्ने मुखादेश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्