Logo
Logo

रामेछापका डिएसपी फेरिए




काठमाडौं । प्रहरी प्रधान कार्यालयले नौ डिएसपीको सरुवा गरेको छ । सरुवामा रामेछापका डिएसपी फेरिएका छन् । रामेछापमा प्रहरी प्रधान कार्यालयमा कार्यरत होम पराजुलीलाई पठाइएको छ ।


रामेछापमा कार्यरत राजकुमार थिङ इन्टरपोलमा काम गर्न छनोट भएपछि सरुवा भएको हो ।
त्यस्तै इप्रका बुटवलमा सिआइबीमा कार्यरत डिएसपी दानबहादुर थापालाई पठाइएको छ । त्यहाँ कार्यरत ठगबहादुर केसीको १४ महिना पुगिसकेको थियो । गृहमन्त्री बालकृष्ण खाणको इच्छाअनुसार नै बुटवलका डिएसपी हेरफेर भएको स्रोत बताउँछ ।

सोमबार नै २३ एसपीको सरुवा गरी आठ जिल्लाका इन्चार्ज हेरफेर गरिएको छ । झापामा एसपी दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा योगेन्द्रसिंह थापा र कैलालीमा देवेन्द्रबहादुर पाललाई पठाइएको छ। जुनियर एसपीहरुले राजनीतिक सोर्सफोर्सका आधारमा अवसर पाएका छन

प्रतिक्रिया दिनुहोस्