Logo
Logo

माधव नेपाल बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै


693
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिरामी परेका छन् ।

अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएको एकीकृत समाजवादीले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नेपाललाई उपचारार्थ मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ ।

नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको एकीकृत समाजवादीले जानकारी दिएको छ ।

संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको पनि पार्टीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्